images
images
images

प्रधानमन्त्री कार्की र कुलमान घिसिङसहित ८ मन्त्रीले बुझाए सम्पत्ति विवरण

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्री घिसिङले आज सम्पत्ति विवरण बुझाएका हुन् ।

 

यसअघि प्रधानमन्त्री सुशीला कार्कीसहति सात जना मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका छन् । सम्पत्ति विवरण बुझाउनेमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदनप्रसाद परियार र खेलकुद मन्त्री बब्लु गुप्ताले रहेका छन् ।

जेन जेड आन्दोलनको बलमा बनेको कार्की नेतृत्वको मन्त्रीमण्डल १० सदस्यीय छन् । सञ्चार मन्त्री जगदीश खरेल  र स्वास्थ्य मन्त्री सुधा शर्मा गौतमले भने सम्पत्ति विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।