images
images
images

बिहारमा नितिश कुमारले १० औँ पटक सरकार बनाउने पक्का, एनडीए भारी बहुमततर्फ

बिहार चुनावमा एनडीए गठबन्धनले क्लिन स्विप गर्ने गरी अग्रता बनाएको छ। २ सय ४३ सिटमध्ये एनडीएले २ सय २ सिटमा अग्रता बनाउँदै ऐतिहासिक रुपमा बलियो देखिएको छ। जहाँ तेजस्वी यादवको महागठबन्धन केवल ३४ सिटमा मात्र अग्रता बनाएर प्रतिस्पर्धामा देखिएको छ। यद्यपि, अन्तिम नतिजा आउन बाँकी छ।

एनडीएलाई २०२० को तुलनामा ६५ भन्दा बढी सिटमा फाइदा देखिएको छ। महागठबन्धनले यही बराबरको सिटमा पछि पर्नु परेको छ। अघिल्लो पटक नितिश कुमारको जनता दल युनाइटेडले ४३ सिट जितेकोमा यो पटक ७५ भन्दा बढी सिटमा अग्रता बनाइरहेको छ। यसको अर्थ नितिशकुमार १० औँ पटक बिहारको मुख्य मन्त्री बन्ने पक्का भएको छ। जहाँ ९० सिटमा भारतीय जनता पार्टी भाजपाको अग्रता छ। यसको अर्थ भाजपा सर्वाधिक बलियो पार्टीका रुपमा उदाउने निश्चित भएको छ।

जारी मतगणनामा तेजस्वी यादवको राष्ट्रिय जनता दल युनाइटेड (राजद) केवल २७ सिटमा मात्र अग्रता बनाउँदा ६१ सिटमा लडेको कांग्रेस केवल ४ सिटमा मात्र अग्रतामा रहेको छ। महागठबन्धनबाट मुख्यमन्त्रीमा अघि सारिएका तेजस्वी यादव राघोपुर सिटमै पछि परेका छन्। उनी भाजपाका उम्मेद्वारसँग पछि परिरहेका छन्।