काठमाडौं – ओपोले आफ्नो नयाँ स्मार्टफोन OPPO A6 Pro को प्रि–बुकिङ औपचारिक रूपमा खुला गरेको छ।
अब ग्राहकले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन्। प्रि–बुकिङ अवधि कार्तिक २८ देखि मङ्सिर १ गते सम्म सबै ओपो अधिकृत खुद्रा पसलहरूमा सञ्चालन हुनेछ।
अफर अवधिभर, OPPO A6 Pro प्रि–बुक गर्ने रु. ३,४९९।– मूल्यका OPPPO Enco Buds 3 Pro जित्ने मौका पाउनेछन्। यो सिमित समयको अफर पहिला ४०० जना भाग्यशाली ग्राहकका लागि मात्र उपलब्ध हुनेछ।
यसमा सहभागी हुन, ग्राहकहरूले नजिकको ओपो अधिकारीक बिक्रेतामा गएर प्रि–बुकिङ फारम भर्नुपर्छ। प्रि–बुकिङ पूरा गर्ने पहिलो ४०० ग्राहक स्वतः यो विशेष उपहार अफरका लागि योग्य हुनेछन्।
OPPO A6 Pro ले स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनलाई संयोजन गर्दै आजका युवा र गतिशील प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्ने उद्देश्य राखेको छ। यो स्मार्टफोन मंसिर २ मा औपचारिक रूपमा सार्वजनिक हुँदैछ, जसले ओपोको लोकप्रिय A–Series लाई थप मजबुत बनाउने कम्पनीकाे दाबी छ।








