images
images
images

देशको अर्थतन्त्र निराश हुनुपर्ने अवस्थाको छैन: अर्थमन्त्री खनाल

काठमाडौँ– अर्थमन्त्री रामेश्वर खनालले देशको अर्थतन्त्र निराश हुनुपर्ने अवस्थाको नरहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा वर्तमान अर्थतन्त्रबारे आयोजित कार्यक्रममा मन्त्री खनालले अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा नरहेको बताएका हुन्।

आर्थिक नीति, राजनीतिक नीतिले बाटो बिराउँदा कहिले कहीँ अर्थतन्त्रमा समस्या हुने गरेको उनको भनाइ छ। राजनीतिक नेतृत्वले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बाटो देखाउनुपर्ने खनाल बताउँछन्।

पहिले जस्तो अहिले अर्थतन्त्र नरहेको भन्दै उनले भने– ‘अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको छ, त्यो बेलाको जस्तो सरकारले डोहोर्‍याएर यो-यो कुरामा जानुपर्छ भन्ने जस्तो छैन। बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाइदिनुपर्छ। त्यसमै हामी लागेका छौँ। छोटो अवधि छ, गर्न सकिँदैन भनेर रोकिनु हुँदैन।’