काठमाडौं-अधिकांश वाणिज्य बैंकले मंसिर महिनाका लागि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।
७ वटा वाणिज्य बैंकले भने कात्तिकको ब्याजदरलाई मंसिरमा यथावत राखेका छन्। १२ वटा बैंकको ब्याजदर घटेको हो।
मंसिरमा एनएमबि, एभरेष्ट, माछापुच्छ्रे, नेपाल, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई र प्रभु बैंकले मुद्दतीको निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन्।
त्यसै, मंसिर १ गतेदेखि लागू हुनेगरी प्राइम, एनआइसी एसिया, कुमारी, नेपाल एसबिआई, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नबिल, सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र कृषि विकास, सिटिजन्स बैंकले मुद्दतीको निक्षेपको ब्याजदर घटाएका छन्।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।










