images
images
images

मधेसका मुख्यमन्त्रीविरुद्धको रिट श्रेष्ठ र निरौलाको संयुक्त इजलासमा

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुँदैछ।

रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको छ। अन्तरिम आदेशका सम्बन्धमा आइतबार सुनुवाइ हुन लागेको हो।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले एमाले दलका नेता यादवलाई महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने बर्दिबास नगरपालिका ३ कालापानीस्थित पानस होटेलमा पुगेर एमाले दलका नेता सरोजकुमार यादवलाईमुख्यमन्त्री पदको शपथ खुवाएकी थिइन्। त्यसपछि विवाद चर्किएको हो।

त्यसविरुद्ध मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।