images
images
images

गोरखा चेम्बर अफ कमर्सद्वारा कार्यकारी निर्देशक राजन विक्रम थापालाई सम्मान

गोरखा -गोरखा चेम्बर अफ कमर्स तथा नेपाल ओमन चेम्बर अफ कमर्स गोरखाले तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला–२०८२ को अवसरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजन विक्रम थापालाई विशेष सम्मान–पत्र प्रदान गरेको छ।

गोरखा नगरपालिका–३ निवासी थापाले नेपाल राष्ट्र बैंकबाट सेवा प्रारम्भ गरी नेपालको आर्थिक तथा बैंकिङ क्षेत्रको सुदृढीकरणमा दिएको अतुलनीय योगदान, नीतिगत कार्यान्वयनमा देखाएको दक्षता तथा वित्तीय क्षेत्रको विस्तारमा पुर्‍याएको भूमिकालाई मननीय ठहर गर्दै सम्मान गरिएको चेम्बरले जनाएको छ।

कार्यक्रमका वक्ताहरूले थापाको वर्तमान जिम्मेवारी, नेतृत्व क्षमता तथा आगामी दिनमा आर्थिक क्षेत्रको विकासमा समग्र देशमै सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरे।

समारोहमा स्थापना अध्यक्ष भाईचन्द्र श्रेष्ठ, महासचिव अशोक बाबु राजा, तथा अध्यक्ष रामस्वरूप श्रेष्ठले दोसल्ला सहित सम्मान–पत्र प्रदान गर्दै थापाको उत्तरोत्तर प्रगति तथा सफलताको शुभकामना व्यक्त गरेका थिए।