काठमाडौं -गण्डकी प्रदेश सरकारले एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मातहतका कार्यालयबाट विभिन्न समूहमा रहेका एकैपटक ७५ जनाको सरुवा गरेको हो ।
प्रदेश प्रशासन समूहका १३ जना, स्वास्थ्य समूहका २० जना, वन तर्फ ४ जना, कृषितर्फका २७ जनाको सरुवा भएको छ ।
इन्जिनियरिङ तर्फका १० जनाको सरुवा भएको छ । मन्त्रिपरिषद्बाट मापदण्ड पारित भएपछि सोही आधारमा सरुवाको काम गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।









