images
images

सरकारलाई अध्यक्ष ओलीको व्यङ्ग्य: बाघको छालामा स्यालको रजाइँ

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार भनेको बाघको छालामा स्यालको रजाँइ गरिरहेको बताउनु भएको छ।

नेकपा एमालेको विघटित संसदीय दलको बैठकलाई मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालीमा एउटा भनाई छ– ‘बाघको छालामा स्यालको रजाइँ’ सो व्यंग गर्नुभएको हो।

अध्यक्ष ओलीले वर्तमान सरकारले देशलाई राजनीति, सामाजिक र आर्थिक रुपले पछाडी धकेल्न खोजिएको बताउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘राजनीति, सामाजिक र आर्थिक रुपले पछाडी धकेल्न खोजिएको छ। देश दोबाटोमा छ। देशको स्वाधीनता, स्वतन्त्रता जोगाएर समृद्धिको यात्रामा अघि बढाउने कि वा नेपाललाई विनास र बर्बादीको बाटोमा लैजाने यो महत्त्वपूर्ण प्रश्न हो।’

अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि अहिले देशमा भ्रष्टाचार बढेको बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देशमा भ्रष्टाचार अहिले बढेको छ। देश लोकतान्त्रिक प्रणालीमा अघि बढेको थियो। अहिले गलत तरिकाले नेपो बेबी भनेर बच्चा बच्चीमा त्रास फैलाइयो।’

अध्यक्ष ओलीले अहिलेको अहिलेको सरकार जनताले नबनाएको बताउनुभयो। उहाँले यो सरकार बनायो कसले भनेर प्रश्न गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो सरकार बनायो कसले ? जनताले बनाएको होइन। सरकार टेलिफोनबाट, डिस्कर्डबाट बनेको हो। सरकार राजनीतिबाट बन्छ। चुनावबाट बन्छ। त्यसैले यो असंवैधानिक छ।’