images
images

संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने सरकारको तयारी, अध्यादेश सिफारिस

काठमाडौँ – सुशीला कार्की नेतृत्वको चुनावी अन्तरिम सरकारले संवैधानिक निकायमा नियुक्ति गर्ने तयारी गरेको छ।

नियुक्तिसँग सम्बन्धित संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई अध्यादेशमार्फत संशोधन गर्न सरकारले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मंगलबार बसेको मन्त्रिरिषद बैठकले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वित्त, राष्ट्रिय मानव अधिकारलगायका संवैधानिक निकायहरुमा पदाधिकारी रिक्त छन्।

रिक्त पदमा पदपूर्तिका लागि सरकारले तयारी अघि बढाएको छ। संवैधानिक परिषदबाट हुने हुनै पनि सिफारिस संसदीय सुनुवाइ समितिको अनुमोदनपछि मात्रै नियुक्ति हुने व्यवस्था छ।

त्यस्तै परिषदमा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभाको अध्यक्ष र उपसभामुख रहने संवैधानिक व्यवस्था छ।