images
images

चौधरी ग्रुपले सरकारलाई बुझायो २५ अर्ब ५९ कराेड कर

काठमाडाैँ – चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेर राष्ट्रको कूल राजश्वमा २ प्रतिशत भन्दा बढी योगदान गरेको छ।

राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले सरकारको राजश्वमा उल्लेखनीय योगदान पुर्‍याएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा १८.५२ अर्ब कर तिरेको चौधरी ग्रुपले यस वर्ष ७ अर्ब बढी कर राज्य ढुकुटीमा दाखिला गरेको छ, जसले चौधरी ग्रुपको लगानी बृदी तिब्र गतिमा रहेको प्रष्ट पार्छ।

यो संगै गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ कर तिरेको छ। कमजोर आर्थिक गतिविधि, आयात–निर्भर बजार, नीतिगत अस्थिरता तथा निजी लगानीमा आएका बाधाका बाबजुद पनि चौधरी ग्रुपले निरन्तर करमा वृद्धि गर्दै आएको छ। यसले राष्ट्रका विकास योजनाहरू, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण तथा सार्वजनिक सेवाका क्षेत्रमा राज्यलाई थप आधार प्रदान गर्ने चौधरी ग्रुपले विश्वास लिएको छ।