images
images

काठमान्डुलाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात

काठमान्डुलाई हराउँदै सुदुरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ।

पहिलो खेलमा साविक च्याम्पियन जनकपुर बोल्टसलाई हराएको काठमान्डु दोस्रो खेलमा सुदुरपश्चिम सँग २९ रनले पराजित भयो।

खराब सुरुवातका बाबजुत सुदुरपश्चिम खेलमा फर्किदै विजयी भएको हो।

१ सय ४८ रनको लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरमा १ सय १५ रन मात्र बनाउन सक्यो। काठमान्डुका लागि ओपनर आकाश त्रिपाठीले ३४ रन बनाउँदा जोस सिम्पसनले २४ रन बनाए।

त्यस्तै भीम सार्की १२ रनमा आउट हुँदा मिलिन्ड कुमारले ११ रन बनाएका थिए।

त्यस्तै थप दोहोरो स्कोरका रुपमा सन्नी पटेलले १० रन बनाए। सुदुरपश्चिमका लागि हेमन्त धामी,हर्मित सिंह र स्कट कुगेलिङ्गले २-२ विकेट लिए।

त्यस्तै इशान पाण्डे, नरेन साउद र अभिनास बोहराले १-१ विकेट लिए। त्यसअघि सुदरपश्चिम खराब सुरुवातका बाबजुत हर्मित सिंहले २० बलमा ६ छक्का र २ चौकाको सहयोगमा ५३ रन बनाउँदै टिमलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याएका थिए।

उनी बाहेक कप्तान दिपेन्द्र सिंह ऐरीले ३९ रन बनाउँदा आरिफ शेखले २५ र इशान पाण्डेले ११ रन बनाएका थिए। काठमान्डुका लागि करण केसीले ४ विकेट लिंदा मिलिन्ड कुमार, सन्नी पटेल र रसिद खानले समान २-२ विकेट लिएका थिए।