images
images

सिमरा घटना : एमालेका दुई वडाध्यक्ष पक्राउ

काठमाडौं – बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एमालेबाट निर्वाचित जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी रहेका छन् ।

बुधबार सिमरामा भएको वादविवादको क्रममा आफूहरूमाथि कुटपिट भएको भन्दै जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ र अन्सारीसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले बाँकी चारजना पक्राउ नगरेको भन्दै जेनजी युवाले आज बिहानबाट सिमरा चोकमा टायर बालेर पुनः प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको कारण यातायात ठप्प छ ।

एमालेले बाराको परवानीपुरमा बुधबार युवा भेला आयोजना गरेको थियो । त्यसलाई सम्बोधन गर्न काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका नेता सिमरा जाँदै थिए । तर, एमाले नेताहरु विरुद्ध प्रर्दशनमा उत्रिएका जेनजी युवा र एमाले कार्यकर्ताबीच सिमरा विमानस्थलमा झडप भएपछि स्थिती तनावग्रस्त बनेको थियो ।