images
images

माइतीघरमा जेन–जी, घाइतेको न्याय नहुँदासम्म कसैलाई प्रवेश नदिने चेतावनी

काठमाडौं – नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणाका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका ठीक बेलामा जेन–जी आन्दोलनका घाइतेहरू त्यहीँ पुगेका छन्।

उनीहरूले “न्याय नआएसम्म माइतीघर कसैलाई दिन्नौँ” भन्दै विरोध प्रदर्शन गर्दै ठाउँमा तनावपूर्ण माहोल सिर्जना गरेका छन्।

एमाले निकटका युवाहरू माइतीघरबाट बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलस्थित कार्की व्यांक्वेटमा एनभीएफ घोषणा गर्ने तयारीमा थिए। तर जेन–जी घाइतेहरू स्थानमै उभिँदा दुवै पक्षबीच प्रत्यक्ष आमनेसामने हुने स्थिति बनेको छ।

यतिबेला प्रहरीले माइकिङ गर्दै माइतीघर क्षेत्रमा कुनै आधिकारिक भेला अनुमति नदिएको जानकारी दिंदै सबैलाई संयमित रहन आग्रह गरिरहेको छ। सुरक्षाकर्मीको उपस्थिति बाक्लिँदै गएको छ।

एमालेले समाजमा बढ्दो असुरक्षा, अशान्ति र भदौ २३–२४ का घटनापछि खस्किएको जनमनोबल उठाउन भन्दै ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गर्न लागेको जनाएको छ।
तर जेन–जी आन्दोलनका घाइतेहरूको अवरोधपछि माइतीघर क्षेत्रमा परिस्थिति थप तातिएको छ।