images
images

प्रधानमन्त्रीलाई ओलीको प्रश्न- फेरि विद्रोह हुन्छ भनेको योजना हो कि अनुमान मात्र ?

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि विद्रोह हुन्छ भनेर योजना सार्वजनिक गरेको कि अनुमान गरेको भनेर प्रश्न गरेका छन् । शुक्रबार नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दै अध्यक्ष ओलीले भने, ‘अझ ठूलो विपत्ति हुन्छ रे ! प्रधानमन्त्रीले अस्ति बोलेको हामीले सुन्यौँ । कसले विद्रोह गर्छ ? अथवा नेपाली जनतालाई धम्क्याएर तर्साएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भनेर के भनेको त्यो ?’

‘फेरि आगो लगाउने ? फेरि तोडफोड गर्ने ? फेरि लुटपाट मच्चाउने ? अथवा के भनेको? ओलीले सोधे, ‘अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भनेर प्रधानमन्त्रीले भनेको अनुमान हो कि योजना हो ?’

ओलीले लोकतन्त्र फर्काएरै छोड्ने बताउँदै थपे, ‘ योजना हो भने सपना नदेख्नुस् । अनुमान हो भने डराउन छोड्नुस् । नेपाली जनतालाई डर देखाउन छोड्नुस् ।’