images
images

प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति विवाद : सचिवालयको ‘कानुनसम्मत’ दाबी

सचिवालयले जारी गरेको विज्ञप्तिको मुख्य अंश यस्तो छ :

  • नियुक्ति प्रक्रियामा कानुनी आधार पालना गरिएको

  • कार्यकुशल र विश्वासिलो कर्मचारीलाई प्राथमिकता

  • नियुक्तिलाई लिएर गरिएका विभिन्न आरोप असत्य र पूर्वाग्रहपूर्ण भएको दाबी

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा हालै भएका कर्मचारी नियुक्तिलाई लिएर उठेको प्रश्नपछि सचिवालयले सबै प्रक्रिया कानुनसम्मत भएको दाबी गरेको छ।

सोमबार प्रेस संयोजक रामबहादुर रावलले विज्ञप्ति जारी गर्दै सचिवालयमा भएका नियुक्ति विद्यमान कानुनी प्रावधानअनुसार नै भएको स्पष्ट गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “सचिवालयमा विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ।”

यसैबीच, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले सचिवालयमा आफ्नै श्रीमती तथा अन्य नातागोता पर्ने व्यक्तिलाई नियुक्त गरेको आरोप सार्वजनिक भएपछि आलोचना बढेको छ।

यता, ‘जेनजेड’ नामक समूहले प्रधानमन्त्रीको सचिवालयसँगै उर्जामन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाललगायतमाथि पनि गम्भिर प्रश्न उठाउँदै उनीहरूको राजीनामा माग गरेको छ।

यस्तो छ विज्ञप्ति