images
images

विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा जितका लागि विराटनगर किङ्सले जनकपुर बोल्लट्सलाई एक सय ३६ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनायो ।

विराटनगरका लागि शुभम् रन्जनेले सर्वाधिक ३७ रन बनाए। यस्तै बसिर अहमदले ३६, ओपनर लोकेश बमले २८, माटिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाए।

बलिङमा जनकपुरका सांगीत कुरे र रुपेश सिंहल दुई दुई तथा आदित्य महताले एक विकेट लिए। विराटनगर आज लगातार तेस्रो खेल जित्ने लक्ष्यमा छ ।

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंँविरुद्ध जित दर्ता गरेको थियो ।

यस्तै जनकपुर पहिलो जित निकाल्ने तयारीमा छ । यसअघि जनकपुर उद्घाटन खेलमा काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो ।