images
images

विवाह पञ्चमीमा लोसपा नेपालद्वारा शुभकामना, ‘जेहने किशोरी मोरी तेहने किशोर हें’ उद्धृत

जनकपुरधाम — लोकान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, मधेश प्रदेश समितिले ऐतिहासिक तथा सांस्कृतिक पर्व विवाह पञ्चमीको अवसरमा शुभकामना जनाएको छ।

पार्टीका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले जारी गरेको शुभकामना सन्देशमा मधेशी समाजको गौरवशाली संस्कृतिसँग जोडिएको आदर्श नारी–पुरुषको प्रतीक भगवान श्रीराम र माता जानकीको विवाह दिवसले समाजमा संयम, मर्यादा र सदाचारको सन्देश प्रवाह गर्ने उल्लेख गरिएको छ।

“जेहने किशोरी मोरी तेहने किशोर हें” भन्ने सांस्कृतिक उद्धरणसमेत समावेश गरिएको उक्त बधाई सन्देशमा विवाह पञ्चमीले राष्ट्रिय एकता, सामाजिक सद्भाव र परम्परागत मूल्य–मान्यताको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

यस पर्वले सम्पूर्ण नागरिकमा उत्साह, एकता र सकारात्मक ऊर्जा फैलाओस् भन्ने शुभकामना सोनलले व्यक्त गरेका छन्।