काठमाडौँ – नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा बिदाइ भेट गरेका छन्। मंगलबार बिहान भएको भेटमा राष्ट्रपति पौडेलले अर्यालको दीर्घ प्रशासनिक सेवामा देखाएको प्रतिबद्धता, नेतृत्व क्षमता र योगदानको उच्च प्रशंसा गरेका थिए।
राष्ट्रपति पौडेलले चुनौतीपूर्ण परिस्थितिहरूमा समेत प्रशासनिक संयन्त्रलाई प्रभावकारी ढंगले अघि बढाउन अर्यालले निर्वाह गरेको भूमिकालाई ‘प्रशंसनीय र अनुकरणीय’ भएको बताएका छन्। साथै, सेवानीवृत्तिपछि सुखमय र सफल जीवनको शुभकामना पनि व्यक्त गरिएको छ।
मुख्यसचिव अर्याल आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन्।









