images
images

महिलाहरुको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताएकी छन् । मंगलबार काठमाडौँमा एक समारोहकाबीच लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उनले सो कुरा बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले महिलाहरुलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिन्ह खडा हुने समेत बताइन् ।

उनले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरु कहाँ छन् भनेर खोज्ने गरेको जिकिर समेत गरिन् । प्रधानमन्त्री कार्कीले आफूले सकेसम्म महिलाहरुलाई सरकारी नियुक्ति र बढुवामा जोड दिने समेत स्पष्ट पारिन् ।

आफू सरकारमा आएको करिव २ महिना बढी भएको र यस बीचमा पनि आफूले महिलाहरुलाई अघि बढाउने कुरालाई प्रश्रय दिएको उनको दाबी थियो । प्रधानमन्त्री कार्कीले महिलाहरुको उपदेयता हुने ठाउँमा उनीहरुलाई नियुक्त गरेर अघि बढने ब‍ताए । उनले महिलालाई प्रोत्साहन गरेर अघि नबढ्ने हो भने महिला हिंसाले झनै जरा गाड्ने समेत बताए ।

‘मुलुकमा सुशासन हुनुपर्यो । त्यसले महिलाहरुलाई राम्रो गर्छ । महिलाहरुले पनि रोजगारी पाउँछन् । म अहिले क्षणिक रुपमा एक, दुई महिना कति भएको छ । नियुक्ति गर्दा महिला कहाँ छन् भनेर मैले खोज्ने गरेको छु । तर क्रमिक रुपमा पुरुष फस्र्ट रोमा छ र उसले जिन्दगीभर मेहनत गरेर त्यो ठाउँमा पुगेको छ भने उसलाई पनि चित्त दुखाउने त होइन । जो पहिलो नम्बरमा आउँछ, उसैलाई प्रमोशनमा पहिलो प्राथमिकता दिने गरेका छौँ । तर जहाँनिर महिलाको ठाउँ छ, स्थान छ । नियुिक्त हुनेकुरा छ भने त्यहाँ पनि हामीले प्रश्रय दिएका छौँ । अबका दिनमा पनि हामी भेटेसम्म प्रयास गर्छौं,’ उनले भनिन्,’ यतिखेर हामीले नै बसेर महिलालाई प्रोत्साहन गरेनौँ भने त गाह्रो पर्छ, कठिन हुन्छ । एउटा भन्नेकुरा पनि आउँछ । किन गरेन भन्ने आउँछ । तर जहाँनि महिलाको उपदेयता छ । जहाँनिर महिलालाई अग्रणी खण्डमा ल्याउन सकिन्छ । त्यहाँ हामी महिलालाई प्रश्रय दिन्छौँ ।’