images
images

जेन-जीको असली अभिभावक नै नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड

काठमाडौं –  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सच्चा वामपन्थी र देशभक्त शक्तिहरू आफ्नो पार्टीमा गोलबद्ध हुँदै जाने दाबी गरेका छन्।

पेरिसडाँडामा आयोजित पार्टी प्रदेश कार्यक्रमलाई सम्बोधन गर्दै ११ गते जसपाको एउटा समूह एकता प्रक्रियामा आउने उनले बताएका हुन्।

उनले भने, ‘धेरै पार्टीहरू मिलेर नै एउटा नयाँ शक्ति सिर्जना हुनेछ। हामीले यो प्रक्रियामा युवाहरूलाई बढी सम्बोधन गर्ने प्रयास गरेका छौँ। युवाहरूको सही एजेन्डालाई हामीले समर्थन गरेका छौँ। युवापुस्तासँगको संवाद र सहकार्यकै कारणले जेन-जी पुस्ताले आफ्नो असली अभिभावक नेकपा नै भन्ने बुझिसकेका छन्।’

कुनै आग्रह र पूर्वाग्रहबिना यो पार्टीलाई क्रान्तिकारी र जनताको भरोसायोग्य साथी बनाइने उल्लेख गर्दै संयोजक दाहालले आगामी निर्वाचनमार्फत नेकपाले नै मुलुकको नेतृत्व गर्ने दाबी गरे।