काठमाडौं -विवाह पञ्चमी २०८२ को पावन अवसरमा लोकतान्त्रिक युवा संघ (Democratic Youth Union) ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ। संघको केन्द्रीय कार्यालय, बबरमहलबाट जारी शुभकामना सन्देशमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गरिएको छ।
शुभकामना सन्देश सचिव शैलेन्द्र कुमार ठाकुर ले जारी गरेका हुन्। ठाकुरले विवाह पञ्चमीलाई भगवान् श्रीराम र माता सीताको दिव्य विवाह सम्झाउने महत्वपूर्ण पर्वको रूपमा उल्लेख गर्दै यसले प्रेम, आदर, सत्य, श्रद्धा, विश्वास र धार्मिक आस्थाका मूल्यहरू उजागर गर्ने बताएका छन्।
ठाकुरले जनकपुरधाममा भव्य रूपमा मनाइने विवाह पञ्चमीले नेपाली समाजमा सांस्कृतिक एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई बलियो बनाउँदै आएको बताए। महोत्सवका मुख्य आकर्षणहरूमा फूलवारी लिला, ढुंगो यात्रा, तिलकोत्सव, मटकोर, तथा राम–सीताको स्वयम्बर–विवाहको पुनःअभिनय समावेश छन्।
सन्देशमा नेपाल–भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धमा विवाह पञ्चमीले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै ठाकुरले दुई मुलुकबीचको धार्मिक–सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनिरहेको बताए।
अन्तमा, सचिव ठाकुरले विवाह पञ्चमीले समाजमा प्रेम, शान्ति, सद्भाव, सत्य, सहयोग र सहिष्णुताको सन्देश फैलाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीहरूमा हार्दिक मंगलकामना व्यक्त गर्नुभएको छ।









