काठमाडौं – अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले अनौपचारिक रूपमा नेतृत्व गरेको ‘उज्यालो नेपाल पार्टी’ र खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो नेपाल’ पार्टीबीच एउटै चुनाव चिह्न लिएर चुनावमा जाने सहमति भएको छ।
यी दुवै दलबीच बुधबार एउटै चुनाव चिह्न लिएर जाने सहमति भएको हो।
दुवै पार्टीले एउटै चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने भएका छन्।
यही सहमति कायम गर्दै उनीहरूले निर्वाचन आयोगमा दर्ताको निवेदन पनि दिएका छन्।









