images
images

जसपाको राजेन्द्र श्रेष्ठ समूह नेकपामा समाहित हुँदै

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबीच आज एकता घोषणा हुँदैछ ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा एकता घोषणा हुने भएको हो । जसपाका नेता दुर्गा सुवेदीका अनुसार घोषणासभा राष्ट्रियसभा गृहमा दिउँसो १ बजे सुरु हुनेछ ।

एकता समारोहमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत जसपा एकीकरण पक्षधर समूहका शीर्षनेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।

गत आइतबार जसपाबाट सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भइसकेका छन् ।