images
images

प्रधानमन्त्रीसँग छलफल गर्न एमाले नेताहरु बालुवाटारमा

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने नेकपा एमालेका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

 

 

चुनावभन्दा पनि संसद पुनर्स्थापनामा जोड दिइरहेको एमाले र सरकारबीच द्वीपक्षीय संवाद अहिले भइरहेको हो।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन्।

एमालेबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

एमालेले कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक रहेको बताउँदै आएको छ।