images
images

देउवासँग खड्का, थापा र शर्माको आज निर्णायक छलफल हुँदै

काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले आज पनि छलफल गर्ने भएका छन्।

चुनावअघि नियमित वा विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र बढ्दो विवादका बीच देउवासँग शीर्ष नेताहरूको निरन्तर संवाद जारी रहेको हो। बैठकका लागि शुक्रबार दिउँसो १ बजे समय तोकिएको छ।

सभापति देउवा र तीन नेताबीच हिजो साँझ पनि विस्तृत छलफल भएको थियो। तर बिहीबारको बैठकमा महाधिवेशनसम्बन्धी मुद्दामा सहमति जुट्न नसकेपछि आजका लागि बोलाइएको केन्द्रीय समितिको बैठक आइतबारका लागि सारिएको छ।

नेपाली कांग्रेसभित्र महाधिवेशन चुनाअघि गर्ने कि पछि भन्ने विषयमा तीव्र मतभेद छ। यसैबीच, पार्टीभित्रका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागका आधारमा विशेष महाधिवेशन बोलाउनुपर्ने लिखित प्रस्तावसमेत पार्टी नेतृत्वलाई बुझाइएको छ।