images
images

मंसिर १७ मा उज्यालो नेपाल पार्टीको घोषणा सभा , कुलमान घिसिङ प्रमुख अतिथि

काठमाडौं – उज्यालो नेपाल पार्टीले आगामी मंसिर १७ गते राजधानीस्थित प्रज्ञा भवनमा घोषणा सभा गर्ने भएको छ।

पार्टी नेता महेन्द्र लावतीका अनुसार सो कार्यक्रममा वर्तमान ऊर्जा मन्त्री कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

‘कुलमानजी प्रमुख अतिथि रहनुहुन्छ। सभामा एकता र सहकार्यका विषयहरू समेत अघि बढाइनेछ,’ लावतीले बताए। उनका अनुसार चरणबद्ध कार्यक्रम तयार पारिएको छ र आवश्यक विवरण क्रमश: सार्वजनिक गर्दै लैजाने योजना छ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एउटै चुनाव चिन्ह प्रयोग गर्ने सहमति भइसकेको छ। अन्य राजनीतिक शक्तिसँग पनि सहकार्य र एकताको विषयमा छलफल जारी रहेको लावतीले जानकारी दिए।

घोषणा सभामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय तथा विस्तृत घोषणापत्र–२०८२ औपचारिक रूपमा सार्वजनिक गरिने पार्टीले जनाएको छ।