images
images

देशभर ‘भ्रष्टाचार विरोधी अभियान’ सञ्चालन गर्न प्रलोपाले बनायो कार्यदल

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशभर ‘भ्रष्टाचार विरोधी अभियान’ सञ्चालन गर्ने भएको छ।

यसका लागि पार्टीले जीएस गुरुङको संयोजकत्वमा जटिल कार्की, अमित खनाल, सम्झना राई, ध्रुव प्रसाद काप्री, मञ्जु मिक्चाङ र दीपक महतो सदस्य रहने गरी एक कार्यदल गठन गरेको पार्टी अध्यक्ष परिषद् अध्यक्ष दुर्गा सोबले जानकारी दिइन्।

शुक्रबार राजधानीमा बसेको पार्टी विस्तारित बैठकले वृहत् एकीकरण, ध्रुवीकरण र सहकार्यका लागि वार्ता तथा संवाद सुरु गर्न सबै प्रगतिशील, लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई आह्वान गर्ने निर्णय गरेको छ।

यस्तै, तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आवश्यक वातावरण निर्माण गर्न समेत पार्टीले सबै पक्षसँग सहयोग र सहमतिका लागि आह्वान गरेको छ।