images
images

विराटनगरमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा तनाव, नेता पर्शुराम बस्नेतमाथि हातपात

विराटनगर- नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटभरि विराटनगरमा तनाव सिर्जना भएको छ । शनिबार पार्टी कार्यालय पाञ्चालीस्थित मतदानस्थल बाहिर संस्थापन पक्षका नेता पर्शुराम बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेका हुन् ।

सुरुमा विवाद बढेपछि मतदान केही समय रोकिए पनि पछि पुन: सुरु गरिएको प्रहरीले जनाएको छ ।

एमाले स्रोतका अनुसार विवाद वडा नं। १२ का वडाध्यक्ष भानुभक्त पाठक एकै व्यक्तिलाई पटक–पटक मतदानस्थल लैजाँदा उत्पन्न भएको थियो । यही विषयमा संस्थापन पक्षले आपत्ति जनाएपछि झडप भएको हो ।

विवाद चर्किँदै जाँदा विनोद ढकाल समूहका कार्यकर्ताले नेता बस्नेतमाथि हातपात गरेको प्रहरीले पुष्टि गरेको छ ।