images
images

गोरखाको १२ किलोमा बस दुर्घटना, केही घाइते

गोरखा – गोरखाको १२ किलो क्षेत्रमा यात्रुवाहक बस दुर्घटना भएको छ। गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको बस सडकबाट केही तल खसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

दुर्घटनामा परेका यात्रुमध्ये केही घाइते भएको प्रहरीले पुष्टि गरेको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरी टोली उद्वार तथा तथ्य संकलनमा जुटिरहेको जनाइएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।