images
images

भूमि आयोग खारेजी विरूद्धको रिट न्यायाधीश सुवेदी र पौडेलको इजलासमा

काठमाडौँ – भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै छ ।

भूमि आयोग खारेजी विरूद्धको रिटको सुनुवाइ न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासमा हुने भएको छ।

विघटित आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दिएको रिटमाथिको सुनुवाइ गर्न आइतबार पेसी तोकिएको हो।

यसअघि कात्तिक १३ गते न्यायाधीश कुमार रेग्मी र शान्तिसिंह थापाको इजलासले अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिन अन्तरिम आदेश दिएको थियो।

सरकारले असोज २३ गते भूमि आयोगलाई विघटन गर्ने निर्णय गरेको थियो त्यसमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कात्तिक ११ गते तत्काललाई उक्त निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश आदेश दिएको थियो।