images
images

एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं – नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्।

लोगोमा धरहरा, राष्ट्रिय झन्डासहित सूर्यभित्र हँसिया हथौडा समेटिएको छ।

त्यस्तै कार्यक्रममा महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने जिग्नल पनि सार्वजनिक गरिएको छ।

महाधिवेशनलाई लक्षित गर्दै एमाले प्रचार विभागले आइतबार साँझबाट सूर्य खबर प्रकाशित गर्ने भएको छ।

एमालेले यही मंसिर अन्तिम साता महाधिवेशन गर्दैछ। भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि अहिले देशभरबाट प्रतिनिधि छनोटको काम भइरहेको छ।

मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।