images
images

बालेन शाहलाई पितृशोक

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ ।  उनको  बुबा रामनारायण शाहको निधन भएको छ ।

सिभिल अस्पतालमा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पुष्टि गरे ।

मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो ।

अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो ।

उनलाई त्यसपछि भेन्टिलेटरमा राखिएको थियो ।

शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।