images
images

१० महिनामै निरौला फेरि सिंहदरबार फर्किए

काठमाडौँ- सरकारले दुईजना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवबीच फेरबदल गरेको हो।

बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ। त्यस्तै, त्यहाँ कार्यरत सचिव हरिप्रसाद मैनालीलाई निरौलाको स्थानमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ।

श्रम मन्त्रालयमा साढे पाँच महिना कार्यरत रहेपछि माघ ४ गते सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका निरौला १० महिना ११ दिनमै पुनः सिंहदरबार फर्किएका हुन्।

उता, मैनाली गत जेठ १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (प्रशासनतर्फ) बाट सरुवा भएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आएका थिए।