काठमाडौं- बर्दियाको बढैयातालकी एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न सरकारले समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।
प्रधानमन्त्री सुशीला कार्कीले समेत बर्दिया घटनामा चासो देखाउँदै गृहमन्त्री अर्यालको ध्यानाकर्षण गराएकी थिइन्।
सर्वत्र चासो देखिएपछि मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।








