images
images

पोखरा विमानस्थलमा भ्रष्टाचारः विशेष अदालत पुग्यो आयोगको टोली

काठमाडौँ – पोखरा विमानस्थलमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्न लागेको छ ।

हाइप्रोफाइलसहितलाई प्रतिवादी बनाएर अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो । त्यसका लागि अख्तियारको टोली विशेष अदालत पुगिसकेको विशेष अदालत स्रोतले जनाएको छ ।

८ अर्ब बिगो दाबीसहित ५ जना पूर्वमन्त्रीसहितलाई प्रतिवादी बनाइएको अख्तियार स्रोतले जनाएको छ । निलम्बित महानिर्देशक प्रदीप अधिकारीललगायतलाई पनि प्रतिवादी बनाउने अख्तियारले निर्णय गरेको छ ।