काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार कार्की र भण्डारीबीच आइतबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट भएको हो।
पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनपछि भग्नावशेषमा परिणत भएका संरचना अवलोकनका लागि सिंहदरबार पुगेकी हुन्।
यससँगै प्रधानमन्त्री कार्कीसँग पूर्वराष्ट्रपति भण्डारीले भेटेकी हुन्।
यसअघि पूर्वराष्ट्रपति भण्डारीसँग भेट्न गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल उनको निवास बालुवाटार पुगेका थिए। यद्यपि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गर्न आएको निम्ता भने उनले अस्वीकार गरेकी थिइन्।








