काठमाडौं -मधेसको सभामुख जनता समाजवादी पार्टी (जसपा), नेपाललाई दिने तयारी सत्तारुढ सात दलले गरेका छन्।
जनमत पार्टीको प्रदेश सभा संसदीय दलका नेता महेश यादवले गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले मुख्यमन्त्री पाएकाले अब सभामुख जनमतले पाउनसक्ने बताए।
हाल उपसभामुख आफ्नो दलको भएकाले जनमतले भने सभामुखमा दाबी नगर्ने जनाएको छ। बबिता राउत इशर जनमतबाट उपसभामुख बनेकी हुन्।
एमालेबाट मधेसको सभामुख बनेका रामचन्द्र मण्डल महाअभियोगबाट बर्खास्त भएपछि हाल मधेस प्रदेशसभा सभामुखविहीन अवस्थामा छ।
मण्डल पदमुक्त भएपछि अहिले उपसभामुख राउतले मधेस प्रदेशसभा बैठक सञ्चालन गर्दै आएकी छन्।
यही मंसिर ३ गते महाअभियोगमार्फत् पदमुक्त भएका मण्डलले आफू अब कानुनी उपचारमा पनि नजाने बताइसकेका छन्।








