काठमाडौँ -जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन् ।
जेनजी अभियन्ता प्रकाश शर्माको रिहाइ माग गर्दै उनी मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए। ढुङ्गानाले निर्वाचनपछि बनेको सरकारले देश विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरूले नराखेको बताए।
पुराना दलका नेताहरू फेरि अगाडि आउने संकेत देखिनु चिन्ताजनक रहेको उनको भनाइ छ। अन्तरिम सरकारले अपेक्षित काम गर्न नसकेको बताउँदै उनले प्रधानमन्त्री कार्कीलाई राजीनामा दिनुपर्ने मागसमेत गरे। उनका अनुसार अन्तरिम सरकार ‘हाइज्याक’ भएको जेनजी युवाहरूको आवाज सुनेर सरकार अगाडि बढ्न सकेको छैन।
ढुङ्गानाले भदौ २३ गतेको आन्दोलनमा भएको घटनाको छानबिन नगरी भदौ २४ मा सहभागी भएका युवाहरूलाई मात्र प्रहरीले पक्राउ गरेको दाबी गरे।








