images
images

ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र

काठमाडौँ-  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउँदै अध्यक्ष केपी शर्मा ओलीलाई काउन्टर दिएका छन्।

सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणापत्र बुझाएका हुन् ।

आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका थिए। पोखरेलसँगै पार्टी कार्यालय पुगेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार पोखरेलको अगुवाइमा बनेको अवधारणापत्र सार्वजनिक गरिने छ।

महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पोखरेल समूहले उक्त अवधारणापत्र सोमबार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पाण्डेले जानकारी दिए। उक्त अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको पनि पाण्डेले बताए।

मंसिर २७–२९ सम्म काठमाडौँमा हुन लागेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेलले फरक राजनीतिक प्रस्ताव पेश गर्दै छन्।

२७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएपछि भोलिपल्ट बन्दसत्रमा ओलीसँगै उनले पनि फरक राजनीतिक प्रस्ताव पेश गर्ने छन्।