images
images

पञ्चाङ्ग निर्णायक समितिको सदस्य–सचिवमा आचार्य लक्ष्मण पन्थी नियुक्त

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य–सचिवमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेकी प्रधानमन्त्री कार्कीले पन्थीलाई समितिको सदस्य–सचिवमा नियुक्त गरेकी हुन्।

पन्थी खुला प्रतिस्पर्धा प्रक्रियामार्फत समितिको सदस्य–सचिव पदका लागि चयन भएका हुन्। सदस्य–सचिव समितिको कार्यकारी पद हो। यस पदका लागि पन्थी र श्रीकेश कौशिक गरी दुईजनाको नाम सिफारिस भएको थियो। पर्यटन मन्त्रालयको जिम्मेवारी पाएकी प्रधानमन्त्री कार्कीले पहिलो नम्बरमा सिफारिस भएका पन्थीलाई चार वर्षका लागि सदस्य–सचिवमा नियुक्त गरेकी हुन्।

आचार्य पन्थी यसअघि पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यका रूपमा कार्य गरिसकेका छन्। यस्तै, उनी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य–सचिव समेत रहेकाले पञ्चाङ्ग तथा निर्णय प्रक्रियामा उनको अनुभव महत्त्वपूर्ण मानिएको छ।