images
images

युवाले उठाएका मुद्दालाई चुनावमार्फत अनुमोदन गराउन घरदैलो अभियानमा लागिसकेका छौँ’-

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले सबै वर्ग, लिंग, समुदाय र नवयुवाले उठाएको सुशासन, भ्रटाचारमुक्त समाज, पुस्तान्तरणलगायत मुद्दालाई लिएर २१ फागुनको निर्वाचनमा जान लागेको बताएका छन् ।

नेकपा बाँकेले बिहीबार आयोजना गरेको जिल्ला स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन् । युवाले उठाएका मुद्दालाई जनताले चुनावमार्फत अनुमोदन गराउने दाबी गर्दै उनले नयाँ नेपाल निर्माणको संकल्पका साथ नेकपा जनताको घरदैलो, टोल बस्तीमा पुगिसकेको बताए ।

कार्यक्रममा नेकपाका नेता शक्तिबहादुर बस्नेतले अनेकौँ उतारचढाव, आरोह अवरोह, नवयुवाले परिवर्तनको लागि गरेको आन्दोलन लगायतको परिवर्तित अवस्थामा एउटा  बलियो राष्ट्रिय शक्ति रूपमा १६ वटा वाम घटक एकीकृत भएकोले पहिलो जस्तो टुटफुट हुनै नसक्ने  बताए ।

सभालाई नेपाली कम्युनिस्ट पार्टीका नेता कर्णजित बुढाथोकी, अब्दुल हुसेन खाँ, महिला नेत्री अन्जना चौधरि लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता नरेन्द्र पाण्डे जेम्सले गरेको थिए ।