मलंगवा, सर्लाही – – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आगामी २०८२ सालको प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाबाट प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
पार्टी केन्द्रको निर्देशनअनुसार मिति २०८२ मंसिर २७ गते शनिबार, जिल्ला पार्टी कार्यालय मलंगवामा बसेको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवार चयन गरेको हो। बैठकमा जिल्ला अध्यक्ष श्री रामप्रसाद राय यादवको अध्यक्षतामा केन्द्र, प्रदेश तथा स्थानीय तहका सक्रिय नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा निर्णय गरिएको थियो।
प्रत्यक्ष तर्फ सर्लाही जिल्लाबाट निम्न व्यक्तिहरूलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ: श्री रामकृष्ण चौधरी, केन्द्रीय उपाध्यक्ष, ईश्वरपुर नगरपालिका–०१; श्री जितनदेव लाल राय (रञ्जन), केन्द्रीय सदस्य, हरिपुर्वा नगरपालिका–०५; श्री राजित कुमार कर्ण, साधारण सदस्य, कौडेना गाउँपालिका–०५; डा. शिववंश बैठा, प्रदेश सदस्य, मलंगवा नगरपालिका–०५; श्री रामेश्वर राय, केन्द्रीय सचिव, बसबरीया गाउँपालिका–०५; श्री मनीष कुमार मिश्र, केन्द्रीय महासचिव, रामनगर गाउँपालिका–०१।
समानुपातिक तर्फ पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न वर्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व हुने गरी उम्मेदवार छनोट गरेको जनाएको छ। समानुपातिक तर्फका उम्मेदवारहरूमा .महन्थ ठाकुर ठाकुर, केन्द्रीय अध्यक्ष (खुला पुरुष); श्रीमती धनु देवी बैठा, प्रदेश सदस्य, विष्णु गाउँपालिका–०४ (मधेसी/दलित/महिला); श्रीमती मिना देवी महतो कोइरी, साधारण सदस्य, ईश्वरपुर नगरपालिका–०७ (मधेसी महिला); श्रीमती सरिता देवी साह, साधारण सदस्य, ईश्वरपुर नगरपालिका–११ (मधेसी महिला); श्रीमती सुनिता कुमारी देवी, साधारण सदस्य, कौडेना गाउँपालिका–०७ (मधेसी महिला); श्री कमलेन्द्र कुमार वर्मा, लोसपा केन्द्रीय अध्यक्ष, रामनगर गाउँपालिका–०१ (खुला पुरुष); श्रीमती रेखा कुमारी साह, साधारण सदस्य, बरहथवा नगरपालिका–०६ (महिला) रहेका छन्।
पार्टीका जिल्ला सचिव श्री मिथिलेश यादवद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समावेशी, सशक्त र जनमुखी उम्मेदवारमार्फत निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको छ।








