काठमाडौँ – नेकपा एमालेको एघारौँ महाधिवेशन लम्बिने भएको छ । हिजोदेखि सुरु भएको महाधिवेशन २९ गतेसम्मका लागि तय भएको थियो । तर, महाधिवेशनको अवधि लम्बिने भएको हो ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, पुस १ गते दिउँसो ११ बजेबाट मतदान तय भएको छ ।
मतदान १ गतेलाई तोकिएसँगै महाधिवेशनको अवधि पनि लम्बिने देखिएको हो । यद्यपि नेताहरूले सहमतिको प्रयास भइरहेको बताएका छन् । हिजो भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आजबाट भृकुटीमण्डपमा बन्द सत्र सुरु भएको छ ।








