काठमाडौं-अखिल नेपाल उसु संघका संस्थापक श्री प्रनिल ध्वज कार्कीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा प्रवेश गर्नुभएको छ। उहाँले लोसपा नेपालका अध्यक्ष माननीय श्री महन्थ ठाकुरको हातबाट पार्टी प्रवेश रसिद ग्रहण गर्दै औपचारिक रूपमा पार्टी सदस्यता लिनुभएको हो।
पार्टी प्रवेश कार्यक्रममा कार्कीलाई टिका लगाई स्वागत गरिएको थियो। यस अवसरमा अध्यक्ष ठाकुरले पार्टीको विधान, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा अघि बढ्न सबै सदस्यहरूलाई आग्रह गर्नुभयो।
पार्टी प्रवेशपछि कार्कीले पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पार्टीले उहाँलाई आगामी दिनमा पार्टी हितमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा राखेको छ।








