images
images

पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिवमा प्रकाशमणि शर्मा नियुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिवमा प्रकाशमणि शर्मा (भुसाल)लाई मनोनित गरेका छन्। पर्यटनमन्त्री तथा कोषका अध्यक्षसमेत रहेका सिन्हाले वरिष्ठ अधिवक्ता शर्मालाई कोषको सदस्य–सचिवको जिम्मेवारी दिएका हुन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका सिन्हाले पर्यटन मन्त्रालयको पदभारसमेत थपेको भोलिपल्टै शर्मालाई सदस्य–सचिवमा मनोनयन गरेको विषय यतिबेला चर्चामा छ ।

मन्त्रीको जिम्मेवारी सम्हालेको भोलिपल्टै गरिएको उक्त नियुक्ति तथा नियुक्ति सम्बन्धी मापदण्डअनुसार नपरेको विषयमा उनको आलोचना हुने देखिन्छ ।