काठमाडौं – सुनिल थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्। आगामी माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा उठ्नेगरि उनले सो पदबाट राजीनामा दिएका हुन् ।
उनले आफूले हालै राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको जानकारी दिए । थापा पूर्वमन्त्री हुन् । उनी धनकुटाबाट ०७० मा निर्वाचित भएका थिए । पछि उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए








