काठमाडौं (मंगलबार) — महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित आमभेलाबाट आउने फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार चयन गरिएको छ।
आमभेलाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता शरत सिंह भण्डारीलाई प्रतिनिधिसभा निर्वाचनका लागि एकल नाममा सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको हो।
पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको व्यापक सहभागितामा सम्पन्न आमभेलाले भण्डारीको अनुभव, योगदान र लोकप्रियतालाई मध्यनजर गर्दै उम्मेदवारका रूपमा अघि सारेको जनाइएको छ।
अब लोसपा पार्टीको औपचारिक निर्णयपछि शरत सिंह भण्डारी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने अपेक्षा गरिएको छ।








