images
images

लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय संयोजकमा प्रनिल ध्वज कार्की

काठमाडौँ -लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले पार्टीसम्बद्ध लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय संयोजक पदमा प्रनिल ध्वज कार्कीलाई मनोनयन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय, बबरमहल काठमाडौँबाट जारी पत्रअनुसार पार्टीको संशोधित विधानको धारा २२ (१) बमोजिम कार्कीलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । मनोनयन पत्रमा कार्कीलाई केन्द्रीय संयोजक पदमा मनोनयन गरिएको जानकारी दिँदै उनको कार्यकाल पार्टी संगठन सुदृढीकरण तथा खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।

साथै सफल कार्यकालको कामनासहित शुभकामना व्यक्त गरिएको छ ।

उक्त पत्रमा पार्टी अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर रहेको छ ।