images
images

एमाले महाधिवेशन: यी हुन् मतदानमा अनुपस्थित ३६ जना (नामावलीसहित)

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ३६ जना प्रतिनिधि मतदानमा सहभागी भएनन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ मत खसेका छन् भने ३६ जना मतदानमा अनुपस्थित रहेका हुन् । विभिन्न निकाय र भूगोलबाट प्रतिनिधित्व गर्ने ती सदस्य तथा प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुन नसकेको आयोगले जनाएको छ ।

मतदानमा अनुपस्थित रहनेहरूमा केन्द्रीय कमिटी, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, विभाग तथा महाधिवेशन प्रतिनिधि रहेका छन् ।

केन्द्रीय कमिटीतर्फ मतदानमा अनुपस्थित रहनेहरूमा मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता र हरि बहादुर राजवशी रहेका छन् ।

अनुशासन आयोगतर्फ पोष्ट कुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी र प्रदीप प्याकुरेल (सुशील) रहेका छन् । प्रदीप प्याकुरेल भने उपस्थित भए पनि मतदान कार्ड नहुँदा मत हाल्न नसकेको जनाइएको छ ।

निर्वाचन आयोगतर्फ समिर नेपालल र रचना राजोपाध्याय मतदानमा सहभागी भएनन् भने लेखा आयोगतर्फ अशोक केसी अनुपस्थित रहेका छन् ।

यसैगरी विभागतर्फ धनश्याम कोइराला र संजीव रोकाहा मतदानमा सहभागी भएनन् ।

महाधिवेशन प्रतिनिधितर्फ कृष्णमाया भुजेल (झापा), लक्ष्मी यादव (बारा), शत्रुधन प्रसाद सिंह (सिरहा), राजेन्द्र प्रसाद यादव, अशु आनन्द र मनोजकुमार गुप्ता (पर्सा), विजय कापर (सप्तरी), जितेन्द्र चौधरी (महोत्तरी), दानबहादुर बिक, बब्लु शिवाकोटी, सिर्जना नेपाली (प्रवास), अशिम कोइराला, दिनेश बास्तोला, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोख्रेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल र गोमा नेपाली मतदानमा अनुपस्थित रहेका छन् ।

३६ जना अनुपस्थितमध्ये एक जनाको भने नाम सार्वजनिक गरिएको छैन ।

एमालेले मतदान सम्पन्न भएसँगै मतगणनाको प्रक्रिया सुरु गरिसकेको छ भने आजै भृकुटीमण्डपमा निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।